आरके श्रीवास्तव । कटहरिया । जेठ ०९ गते
रौतहट जिल्लाको कटहरियामा नागरिकता सम्बन्धि अध्यादेशको स्वागत गरिएको छ । कटहरिया बजारमा आइतबार जारी गरेको नागरिकता सम्बन्धि अध्यादेश प्रमाणिकरण भएपछि कटहरियामा नेकपा एमालेका कार्यकर्ताहरुले खुशीमा दिप प्रज्वलन गरेका छन । रौतहटका नेकपा एमालेका नेता प्रभु साहको अथाह प्रयासपछि उहाँकै पहली कदमीले लाखौ मधेशी समुदायहरुले नागरिकता पाउने भएपछि अध्यादेशको दिप प्रज्वलन गरि आफुहरुले स्वागत गरेको कटहरिया नगरपालिकाका नेकपा एमालेका नगर अध्यक्ष योगेन्द्र साहले बताउनु भएको छ । प्रधानमन्त्रि केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता सम्बन्धि अध्यादेश प्रमाणिकरण भएपछि अधिकांस मधेशमा यसको स्वागत गरिएको छ । अध्यादेशमा असोज २०७२ भन्दा अगाडि जन्मका आधारमा नागरिकता लिएकाहरुको नाबालक सन्तानलाई वंशजको आधारमा नागरिकता दिने , नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेका नागरिकहरुलाई वंशजको आधारमा नागरिकता दिने उल्लेख गरेको छ । नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु विदेशी ठहर भए वंशजको नागरिकता कायम नरहने बताइएको छ । बाबुको बसोबास भएको देशको नागरिकता लिएको छैन भने घोषणा गरेमा अंगीकृत नागरिकता दिने संविधानमा व्यवस्था रहेको बताइएको छ । तर नागरिकता सम्बन्धी ऐन संसदबाट पास नभएकाले करिव ३५ हजार नागरिकताका लागि परेको निवेदन उपर कारबाही हुन सकेको थिएन । दलहरुबीच सहमति नजुटेकाले अध्यादेशमार्फत भएपनि यो समस्या सम्बोधन गरेको नेताहरुले बताएका छन । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरूषसँग विवाह गरी आएकी विदेशी महिलालाई ७ वर्षपछि नेपाली नगारिकता दिने गरी प्रावधान राखेको थियो । अहिले संसद विघटन गरिएको अवस्थामा सरकारले अध्यादेशमार्फत नागरिकता सम्बन्धी व्यवस्था संशोधन गरेको हो ।
दिप प्रज्वलन पछि कार्यक्रम लाई सम्बोधन गर्दै कटहरिया नगर प्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुश्ववाहाले आजको दिन मधेश र मधेसीको लागि एक ऐतिहासिक दिन भएको बताउनु भएको थियो । नागरिकता विधेयकले लाखौं अंगिकृत नागरिकहरू अब वंशक नागरिकता पाउने भएको बताएका थिए । सो अवसरमा नेकपाका यूवा नेता नरेश साह,राकेश गिरी,बिनोद साह ,शंकर यादव,वडा नम्बर ९ का कार्यवाहक वडाध्यक्ष मनोज साह तेली सहित नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।