दिपेन्द्र जयसवाल,बारा जेठ ९
युवा संघ नेपालले बाराको कलैया उपमहानगरपालिका नगर कमिटिले लकडाउनबाट प्रभावित कलैया उपमहानगरपालिका वडा नं। १४ मा रहेको भवरा टोलका दलित परिवारलाई राहत स्वरुप खाद्यान्न बितरण गरेको छ । भवरा टोलका ५४ दलित परिवारलाई १५ के।जी का दरले चामलको बोरा राहत स्वरुप बितरण गरेको नगर कमिटी अध्यक्ष हरिओम गुप्ताले जनाकारी दिनु भयो । गुप्ताले आफुले लकडाउनबाट अति नै प्रभाबित दलित बस्तिमा केही हद सम्म भएपनी राहत होस् भनेर विभिन्न दाताहरुसङ्ग संकलन गरेर सो राहत बितरण गरेको बताएका छन । सरकारले गर्ने काम देशमा केवल आम नागरिक,युवा,समाजसेवी र विभिन्न संघसंगठनले गर्ने गरेको बताउदै आज सम्मकै सब भन्दा निर्लज तथा असफल ओलि सरकार भएको बताउदै केवल आफ्नो र आफ्ना हनुमानको संरक्षणमा मात्र सरकार लागेको गुप्ताले बताएका छन् । गुप्ताले देशमा आम जनता रोग र भोकले मरिरहेको बेला ओलि सरकार केवल भ्रष्टाचार र कमिशनको लागि काम गरिरहेको बताएका छन । नगर अध्यक्ष गुप्ताले ओलिका केही लठैतहरु समाजिक सन्जालमा मात्र बकवास गर्ने तर जनता मरिरहेको बेला आफ्नो पागल भगवानको गुनगानमा मात्र रमाएको आरोप लगाउदै त्यसतालाई फेसबुकको किरा बन्नु भन्दा जनताको सेवा गर्न आग्रह गरे । सरकारले कोरोना महामारी का बेला जनतालाई कोरोनाको खोप दिने ठाउमा देशलाई मध्यावधि चुनावमा लानु र संसद् बिघटन गर्नु अत्यन्तै लज्जास्पद भएको र भविष्य नै यो कदमलाई एउटा कु को रुपमा चित्रण गरिने नेकपा एमालेका प्रभावशाली नेता ध्रुब यादबले बताएका छन । उक्त अवसरमा युवा संघ का बिशुन यादब,बिक्रम ठाकुर,युवा संघका जिल्ला अध्यक्ष राम यादब,मनोज साह,बैजनाथ साह,आरिफ अन्सारी र प्रभात यादब लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रम को सन्चालन युवा संघ नगर कमिटिको सचिव जितेन्द्र साहले गरेका थिए