उपेन्द्र गोले रौतहट ९ जेठ ।
रौतहटको गढीमाइ नगरपालिकामा कोरोना संक्रमणले नागरिकहरुको ज्यानको सुरक्षाका लागी नगर प्रमुख श्याम प्रसाद यादवले विभिन्न सेवा प्रदान गरेको छ । कोरोना दास्रो लहरले आम नगरका नागरिकहरुको ज्यान जोखिममा पर्ने भएपछि त्यो समस्याबाट जोगाउन नगर प्रमुख यादवले निशुल्क एम्बुलेन्सदेखि घरघरमा स्वास्थ्यकर्मीको टोली जान तयारी अबस्थामा राखेको छ । यादवले गढिमाई नगरक्षेत्रका बिरामीका लागि प्र।२–०३–००१ च १५०१ र ना ५ च २०७२ नम्बरको २ वटा एम्बुलेन्स निशुल्क सञ्चालतमा ल्याउनु भएको छ । त्यसैगरि गढीमाई नगरपालिकाले प्रयोग गर्दै आएको ना १ झ १६१५ नम्बरकोे सरकारी गाडीलाई स्वास्थ्यकर्मीको टोलि लिएर नगर क्षेत्रका कोरोना संक्रमितहरुलाई घरघरमा पुगि हेरचाह र आवश्यक ब्यवस्थापनका लागि प्रयोग गर्ने गरि तयारी अबस्थामा गाडी ब्यवस्थापन गरेको नगर प्रमुख श्याम प्रसाद यादवले बताउनु भयो । यादवले समनपुर हेल्थ पोस्टमा ५ बेडको अक्सिजन सहित क्वारेन्टाइनको ब्यवस्था र नगरबासीका लागि चन्द्रपुरमा ४६ बेडको अक्सिजन सहितको क्वारेन्टाइन ३ नगरपालिकाको सहकार्यमाको ब्यवस्थापन भएको समेत बताउनु भयो । आफ्नो नगरपालिकामा कोरोना संक्रमितहरुलाई कुनै किसिमका समस्या नहुने यादवले दावी गर्नु भएको छ ।