आरके श्रीवास्तव । रौतहट । जेठ १० गते
अमेरिकामा बसोबास गर्नु हुने रौतहटका लेखक,साहित्यकार विश्वराज अधिकारीलाई मातृशोक परेको छ । उहाँको आमा सावित्रि देवी अधिकारीको ८५ वर्षको उमेरमा गत आइतवार निधन भएको हो । रौतहटको शिक्षा विकासमा ठूलो योगदान पुर्याएका स्वर्गीय देवराज उपाध्यायका उनी पत्नी थिइन्। काठमाण्डौं स्थित पाटन अस्पतालमा उपचारको क्रममा नै सावित्री देवीको निधन भएको पारिवारिक श्रोतले जनाएको हो । हृदयघातका कारण उहाँको निधन भएको हो । कोरोना कै कारणले भने उहाँको मृत्यु नभएको पारिवारिक श्रोतले जनाएको छ। तर कोरोना कहरकै बिच उहाँको निधन भएको हो । उहाँका चार छोरा र एक छोरी रहेका छन । चारै छोराहरु अमेरिकामा बस्ने भएको र कोरोना ९कोविड १९० को कारण चारै छोरामध्ये कोही पनि नेपाल आउना नसकेकोले उहाँका आफन्तहरुले नै दाहसंस्कार गरे । विश्वराज अधिकारी वर्तमानकाल दैनिक पत्रिकाका स्तम्भकार पनि हुन् ।
उहाँको आमाको आत्माको चिर शाान्तिका लागि भगवानसंग प्रार्थना गर्दै र साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै उहाँको आत्मालाई बैकुण्ठमा बास होस् भनि वर्तमानकाल दैनिक परिवारले कामना समेत गरेको छ । अधिकारी परिवारको रौतहट जिल्लाको शिक्षा विकासमा ठूलो योगदान रहेको छ ।
२००७ साल भन्दा पहिले रौतहट जिल्ला भरिमा जम्मा तीन स्कूलहरू थिए त्यस मध्ये एक सिम्राभवानीपुरको स्कूल पनि थियो । उक्त स्कूलको स्थापना स्व। देवराज उपाध्याय र स्व केवल चौधरीको सक्रियतामा भएको थियो । स्व। देवराज उपाध्याय विश्वराज अधिकारीका पिता हुन् । देवराज उपाध्याय त्यस स्कूलको पहिले प्रधानाध्यापक हुनुहुन्थ्यो । देवराज उपाध्यायले करिब ४० वर्ष त्यस स्कूलमा प्रधानाध्यापक भइ सेवा गर्नु भएको थियो । उपाध्यायको मृ्त्यु भएको १५ वर्ष भन्दा बढी भयो । हाल आएर देवराज उपाध्यायकी पत्नी सावित्री देवी अधिकारीको मृत्यु भएको छ । देवराज उपाध्यायको रौतहट जिल्लाको शिक्षा विकासमा ठूलो योगदान रहेको छ ।
केवल चौधरी र देवराज उपाध्याय जस्त शिक्षा सेवीहरूले तत्कालीन राण सरकार ९२००६ साल पहिले० सङ्ग स्कूल बक्स ९इजाजत० गराएर सिम्रा भवानीपुरमा स्कूलको स्थापना गराएका थिए।