कारभित्रको रहस्यमय मृत्यु प्रकरणमा नयाँ मोड, सीसीटीभी फुटेज फेला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १०, आईतबार (१ घण्टा अघि)
  • २७ पटक पढिएको
कारभित्रको रहस्यमय मृत्यु प्रकरणमा नयाँ मोड, सीसीटीभी फुटेज फेला

काठमाडौँ, १० साउन। तारकेश्वर नगरपालिका–१ कालेबासे चुनीदेवीस्थित बालुवा प्रशोधन केन्द्र नजिकै कारभित्र मृत भेटिएकी रश्मी रिजालबारे अनुसन्धान गरेको प्रहरीले सीसीटीभी फुटेज फेला पारेको छ ।

घटनास्थल वरपरको सीसीक्यामेरा हेर्ने क्रममा रिजालको गतिविधि कैद भएको फुटेज फेला परेको हो । जसमा तारकेश्वर नगरपालिका–९ शुभकामना चोक बस्ने ४५ वर्षीया रिजाल अगाडिको ड्राइभर सिटबाट ओर्लिएर पछाडिको सिटमा गएर बसेको देखिएको प्रहरीले बताएको छ ।

सानिमा क्यापिट लिमिटेड नक्सालमा मर्चेन्ट हेडको रूपमा कार्यरत रिजाल पछाडिको सिटमा बसेको केहीबेरमा गाडीबाट धुवा निस्कन थालेको दृश्य सीसीभीटीमा देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई बताउँछन् ।

‘सीसीटीभी फुटेज हेर्दा कुनै संकास्पद घटना देखिँदैन । तेस्रो पक्षको उपस्थिति पनि देखिँदैन,’ एसपी भट्टराई भन्छन् । प्रारम्भिक अनुसन्धानमा कुनै संकास्पद नदेखिएको र थप विषय भने पोस्टमार्टम रिपोर्ट आएपछि खुल्ने प्रहरीले बताएको छ ।

रिजालको शव पोस्टमार्टमपछि आज आइतबार आफन्तले बुझेका छन् । रिजाल ८ साउनको ७ बजेबाट हराएकी थिइन् । यसको भोलिपल्ट दिउँसो १ बजे बीएई ०४१० नम्बरको ईभी कारभित्र जलेको अवस्थामा मृत भेटिएकी थिइन् । उक्त कार रिजालले नै प्रयोग गर्दै आएको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस