एमबीएस प्रश्नपत्र चुहावट प्रकरणमा छानबिन समिति गठन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १०, आईतबार (१ घण्टा अघि)
  • २९ पटक पढिएको
एमबीएस प्रश्नपत्र चुहावट प्रकरणमा छानबिन समिति गठन

काठमाडौँ, १० साउन। त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र बाहिरिएकोबारे छानबिन गर्न समिति बनाएको छ ।

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले समिति बनाएको हो ।

‘परीक्षा सञ्चालनकै क्रममा विभिन्न सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र सार्वजनिक भई परीक्षाको मर्यादा र विश्वसनियतामा गम्भीर प्रश्न खडा भएको हुँदा यस व्यवस्थापन संकाय डीन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

८ साउनमा एमजीटी विषयको प्रश्नपत्र परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस