ऋण खारेज र ब्याज मिनाहाको माग गर्दै लघुवित्त पीडितको राजधानीमा प्रदर्शन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १०, आईतबार (४७ मिनेट अघि)
  • २७ पटक पढिएको
ऋण खारेज र ब्याज मिनाहाको माग गर्दै लघुवित्त पीडितको राजधानीमा प्रदर्शन

काठमाडौँ, १० साउन। आफूहरूले लिएको लघुवित्तको कर्जा खारेज गर्नुपर्ने मागसहित लघुवित्त पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।

देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् ।

लघुवित्तबाट लिएको कर्जा खारेज गर्नुपर्ने, ब्याज र जरिबाना मिनाहा गर्नुपर्ने तथा पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग राख्दै लघुवित्त पीडितहरू काठमाडौंमा आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनकारीहरूले माइतीघर मण्डलालगायत क्षेत्रमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीको दबाब र आर्थिक भारका कारण हजारौं परिवार समस्यामा परेको दाबी गरेका छन्।

लघुवित्तका कर्मचारीहरूले आँफूहरूलाई दु:ख दिएको उनीहरूको गुनासो छ । पीडितहरूले सरकारले पटक-पटक वार्ताको आश्वासन दिए पनि आफ्ना माग सम्बोधन नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

लघुवित्त पीडितको आन्दोलनसँगै काठमाडौंमा केही समय प्रदर्शन र नाराबाजी भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस