विणा श्रीवास्तव । गौर । जेठ ११ गते
नेपाल पत्रकार महासंघ रौतहट शाखाले गर्यो पिपिइ सेट हस्तान्तरण गरेको छ । कोरोना भाईरसको दोस्रो लहर तिव्र रूपमा फैलिरहेको बेला उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरूको लागि उक्त पिपिइ सेट दिईएको हो ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले आज मंगलबारका दिन गौर अस्पतालले संचालन गरेको कोभिड अस्पतालको लागि १४ थान पिपिइ सेट उपलब्ध गराउनु भएको हो । एक कार्यक्रम का बिच गौर अस्पताल प्रमुख डाक्टर कृष्ण साहलाइ वहाँ हस्तान्तरण गर्नु भएको छ । हस्तान्तरण कार्यक्रममा डाक्टर साह, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झा सङै कोभिड अस्पताल प्रमुख घन्श्याम ठाकुर, नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष प्रवीण कुमार शर्मा , पुर्व सचिब गौतम श्रेष्ठको उपस्थिति रहेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झाले जानकारी गराउनु भएको हो ।