उपेन्द्र गोले रौतहट ११ जेठ ।
पछिल्लो २४ घण्टामा रौतहटमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २०३ जनाको पिसिआर परिक्षण गराउदा २५ जनामा कोरोना पुष्टि भएको हो । त्यसैगरि १ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा १ जनामा नै कोरोना पुष्टि भएपछि मंगलबार २६ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा रौतहटको गौर अस्पतालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै रौतहटमा मृत्यु हुनेको संख्या भने ८० जना पुगेको छ । रौतहटमा मंगलबारसम्म १००६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये २०३ जनाले कोरोनालाई जितिसकेका छन । हाल रौतहटमा ७५७ जना संक्रिय संक्रमितहरु रहेका छन । संक्रमितहरुमध्ये ७२४ जना होमआइसोलेसनमा , ३० जना साधारण उपचार गराइरहेका र ४ जना अन्य जिल्लामा उपचाररत रहेको प्रमुख जिल्ला अधिकानरी इन्द्रदेव यादवले बताउनु भयो । गौर अस्पतालमा १८ जना , गौर नसिंगमा १ जना , चन्द्रपुरस्थित शहिद पार्कमा ७ जना, परोहा अस्पतालमा २ जना , चण्डिया हेल्थ पोष्टमा १ जना , र प्राथमिक स्वास्थ्य केन्द्र गंगापपिरामा १ जना संक्रमितको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।