उपेन्द्र गोले रौतहट १२ जेठ ।
पछिल्लो २४ घण्टामा रौतहटमा २६ जनामा कोरोना पुष्टि भएको छ । बुधबार रौतहटको गौरमा २१२ जनाको पिसिआर परिक्षण गराउदा २६ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । पछिल्लो २४ घण्टामा रौतहटका ६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ८६ पुगेको छ । रौतहटको गौरमा थप १ जना र अन्य जिल्लामा उपचाररत रहेका ५ जनाको मृत्यु भएपछि रौतहटमा मृत्यु हुनेहरुको संख्या ८६ प्ुगेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । कोरोनाको दोस्रो लहर फैलिएपछि रौतहटमा एक हजार ३२ जनामा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये २३८ जनाले भने कोरोना जितेका छन । रौतहटमा हाल ७४८ जना सक्रिय संक्रमितहरु रहेका छन । जसमध्ये ७१७ जना होमआइसोलेसनमा , २७ जना साधारण उपचार गराइरहेका र ४ जनाको अन्य जिल्लामा उपचाररत रहनु भएको जनाइएको छ । संक्रमितहरुमध्ये १७ जना गौर अस्पताल , ८ जना शहिल पार्क अस्पताल , १ जना चण्डिया हेल्थ पोष्ट र १ जना प्राथमिक स्वास्थ्य केन्द्र गंगापपिरामा उपचार गराइ रहनु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । रौतहटको १८ ओटा स्थानिय तहहरुमध्ये बुधबारसम्म चन्द्रपुर नगरपालिकामा १४६ जना सक्रिय संक्रमितहरु रहेको यादवले बताउनु भयो