धर्मेन्द्र कुमार यादव( महोत्तरी, जेठ १२ गते र
महोत्तरीमा जिल्लामा रहेका कोरोना संकट व्यवस्थापन समितिलाई एक संस्थाले २५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि वल्र्डभिजन इन्टरनेशनल नेपाल र समाज विकास केन्द्र महोत्तरीले जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई बुधबार स्वास्थ्य समाग्रीहरु हस्तान्तरण गरेको हो ।
स्वास्थ्य सामाग्रीहरुमा ७० वटा अक्सिजन सिलिण्डर, ७० वटा पल्स ओक्सिमिटर, ७० वटा थर्मल टेम्प्रेचर, ७० वटा पि।पि।ई। सेट, १ वटा अक्सिजन कन्सन्ट्रेटर, १२ प्याकेट सर्जिकल माक्स। ७२ वटा एन–९५ मास्क, ५ लिटर स्यानीटाईजर, १२ वटा सोप लिक्विड ९हयाण्ड वास० प्रदान गरिएको छ ।
स्वास्थ्य सामाग्री वितरणमा जिल्ला समन्वय समितिका प्रमुख सुरेश प्रसाद सिंह, महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थ राज भट्टराई, सुरक्षाकर्मी, संचारकर्मी, स्वास्थयकर्मी लगयात विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।