दिपेन्द्र जयसवाल,बारा जेठ १२ गते
बाराको निजगढका युवाहरुको एक समुहले प्रशसंनीय काम गरेको छ । कोरोना महामारीको अवस्थामा रक्त सञ्चार केन्द्रमा रगत अभाव भएकोले बिषम परिस्थितिमा स्वास्थ्य सतर्कता अपनाएर रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।
२५६५ औं बुद्व जयन्तिको अवसर पारे गौरीशंकर फाउण्डेशन ब्याच २०५७ को आयोजनाले गरेको रक्तदान कार्यक्रममा ४ जना महिला सहित ३० जनाले रक्तदान गरेका फाउण्डेशनका अध्यक्ष खड्गराज मैनालीले जानकारी दिएका छन् ।
नेपाल रेडक्रस रक्तसञ्चार केन्द्र वीरगञ्जको प्राबिधि सहयोग तथा युथ अफ निजगढ र निजगढ युवा सञ्जालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा ९माओवादी केन्द्र० का प्रदेश सदस्य रविराज दंगाल, नेकपा एमाले निजगढका नेता थानेश्वर सापकोटा अविरल, विद्यार्थी नेता श्यामकृष्ण घिमिरे, नेपाल प्रहरी, ट्राफिक प्रहरी, शसस्त्र प्रहरीले पनि रक्तदानमा सहभागिता जनाएका थिए । त्यसैगरि निजगढ युवा सञ्जालका श्याम साह लगायतले रक्तदान गरेका थिए ।
निजगढ नगरपालिका वडा नं ९ शहीद चोकको निर्माणाधीन लक्ष्मीनारायण धर्मशालामा भएको रक्तदान कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल र उपमेयर लीला देवि लामिछाने खनालले निरीक्षण गरेका थिए ।बाराको निजगढका युवाहरुको एक समुहले प्रशसंनीय का