उपेन्द्र गोले रौतहट १२ जेठ ।
रौतहटको गरुडामा रौतहट नागरिकद्धारा नागरिकता अध्यादेशको पक्षमा प्रदर्शन गरेका छन । रौतहटको गरुडा नगरपालिकाको शिवनगरमा नागरिकता सम्बन्धि अध्यादेश विरोधी षडयन्त्र बन्द गर , नागरिकता विहिन नागरिकलाई नागरिकता प्रदान गर लेखिएको ब्यानरसहित रौतहट नागरिकको आयोजनामा बुधबार प्रदर्शन गरेका हुन । रौतहटका सचेत तथा जागरूक नागरिकहरुले नागरिकता अध्यादेश आम नागरिकहरुको अपरिहार्य भएको जनाउदै स्वागत गरेका छन । नेपालको नागरिकता प्राप्त ब्यक्तिका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित तथा बदनाम गराउन खोजेको प्रदर्शनकर्ताहरुले आरोप लगाएका छन । तराई–मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण ÷ फिजिकरण हुने भयो भनी अपवाह फैलाउने प्रयास गर्नेहरुलाई उनीहरुले खबदारी समेत गरेका छन । प्रदर्शनकारीहरुले जनविरोधी देउबा–प्रचण्ड –मुर्दाबाद , नेपाल सरकारको निर्णय –जिन्दाबाद , मधेश विरोधी उपेन्द्र माधव –मुर्दाबाद , नागरिकको भविष्यसंग खेलवाड़ गर्न–पाईदैन १पाईदैन , नागरिकता विरोधी नेता–चाहिदैन चाहिदैन , ओली सरकार – जिन्दाबाद जिन्दाबाद , राष्ट्रीय एकता–जिन्दाबाद जिन्दाबाद , नागरिकता अध्यादेश विरोधी–होसियार होसियार , आफ्नै देशमा शरणर्थी बनाउन–पाईदैन पाईदैन भन्ने जस्ता नाराहरु लगाएका थिए