रुपन्देही युवा समुहद्धारा १३ घरपरिवारलाई राहत बितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ १३, बिहिबार (४ साल अघि)
  • ४ पटक पढिएको
रुपन्देही युवा समुहद्धारा १३ घरपरिवारलाई राहत बितरण

उर्मिला यादव यात्री जेठ १२ गते

सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रुपन्देही युवा समुहले आज बुधबार एक कार्यक्रमका बिच राहत बितरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि समस्यामा रहेका गरीब तथा अति बिपन्न १३ घर परीवारलाई समुहले राहत बितरण गरेको हो । रुपन्देही युवा समुहका अध्यक्ष बिशाल गुप्ताको अध्यक्षतामा सिद्धार्थ नगरपालिका भित्र रहेका गरीब तथा अति बिपन्न १३ घर परीवारलाई सात किलो चामल, एक पोका तेल, एक प्याकेट नुन, तीन किलो आलु, डेढ किलो प्याज र २ प्याकेट बिस्कुट बितरण गरीएको समुहका महासचिव कृष्ण खरेलले जानकारी दिनु भएको छ । यस अघि पनि समुहले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिदै जाने रुपन्देही युवा समुहका संस्थापक आनन्द प्रसाद गुप्ताले बताउनु भयो । राहत बितरण कार्यक्रममा रुपन्देही युवा समुहका संस्थापक आनन्द प्रसाद गुप्ता ,बरिष्ठ उपाध्यक्ष बिशाल मिश्रा, उपाध्यक्ष प्रकाश हरीजन,कोषाध्यक्ष अभिषेक जैसवाल र सहसचिव किसान जैसवाल लगायतको सहभागिता रहेको थियो । राहत बितरण बिहीबार पनि बितरण गरीने रुपन्देही युवा समुहले जनाएको छ

ताजा अपडेट

खोजी गर्नुहोस