रौतहटको कटहरियामा चोरीको घटना बढ्दै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ १३, बिहिबार (४ साल अघि)
  • ६ पटक पढिएको
रौतहटको कटहरियामा चोरीको घटना बढ्दै

उपेन्द्र गोले रौतहट १३ जेठ ।
रौतहटको कटहरिया नगरपालिकामा दिनप्रतिदिन चोरको बिगबिगी बढ्दै गएको छ । रौतहटको कटहरियामा पछिल्लो समय चोरीका घटनाहरु बढ्दै जान थालेको छ । इलाका प्रहरी कार्यालय कटहरियाका सई महानन्द कुर्मिको लापरािहीले यस क्षेत्रमा चोरीका घटनाहरु दिनानुदिन बढ्दै गएको स्थानियले आरोप लगाएका छन । गएराति पनि कटहरिया नगरपलिकामा रहेको धुम रेकर्डिङ स्टुडियोमा चोरी भएको स्थानिय सञ्चारकर्मी दिपेन्द्र रजकले बताउनु भयो । इलाका प्रहरि कार्यालय कटहरियाको उतर करिब ५० मिटरमा सञ्चालनमा रहेको धुम रेकार्डिंग स्टुडियो रहेको घरको झ्याल तोडिफोड गरि स्टुडियोभित्र रहेका एक थान कम्पयुटर ,माइक ,प्यानोको किबोर्ड ,एलइडि , ल्यापटप , इन्टरनेट राउटर , लगायतका दुइ लाख बराबरको समान चोरि भएको स्टुडियोका सञ्चालक राकेश राहीले बताउनु भयो । स्टुडियोमा रहेका अन्य सामग्रीहरु पनि तोडफोड गरि क्षति गरेको सञ्चालक राकेश राहिले बताउनु भएको छ । इलाका प्रहरि कटहरियाका सई महानन्द कुर्मिले कटहरिया बजार क्षेत्रमा गस्ति टोलीलाई निगरानिमा खटाउन नसक्दा कटहरिया बजार क्षेत्रमा दिन प्रतिदिन चोरिको घटना बढदै गइरहेको स्थानिय व्यापारिहरुले बताएका छन

ताजा अपडेट

खोजी गर्नुहोस