राजेन्द्र लहान जेठ १३ गते ।
प्रदेश २ सरकार अन्तर्गतको आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलद्वारा सिरहाका सञ्चारकर्मीहरुलाई स्वास्थ सामग्री प्रदान गरिएको छ । कोभिड १९ को बढ्दो संक्रमणको बेला अग्र स्थानमा रहि खटिने पत्रकारहरूलाई ध्यानमा राखी उक्त सामग्री प्रदान गरिएको हो । जेठ ११ गते मंगलवार आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलद्वारा टोलीले नेपाल पत्रकार महासंघ सिरहाका जिल्ला अध्यक्ष मनोज बनैता यादवलाई सामग्री हस्तान्तरण गरेको हो ।
हस्तान्तरण गरिएको सामग्रीमा सर्जिकल मास्क, एन–९५ मास्क , सेनिटाइजर, ग्लोब्स, फेस सिल्डलगायतका सामान रहेको अध्यक्ष मनोज बनैताले बताएका छन । कोरोना महामारी तिब्र रुपमा फैलिदैं गर्दा अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने सप्तरीका संचारकर्मी साथीका लागि जिल्लामै आएर स्वास्थ्य सामग्री उपलब्ध गराउनुहुने आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र मिडिया काउन्सिलका अध्यक्ष श्री शिबहरी भट्टराईलाई जिल्लाका सम्पूर्ण संचारकर्मीको तर्फबाट महासंघ हार्दिक धन्यवाद ज्ञापन गरेका छन ।
सिरहा शाखाले उपाध्यक्ष गणेश साह, सचिव शिवदयाल यादव र कोषाध्यक्ष बिरेन्द्र प्रशाद नेपालको अगुवाईमा सञ्चारकर्मीहरुलाई स्वास्थ सामग्री बितरण थालेको अध्यक्ष बनैताले जानकारी दिए ।