पवन प्रसाद साह बीरगन्ज, २३ जेष्ठ ।
दोस्रो लहरको कोरोनाभाइरस संक्रमणका कारण वीरगंजमा निषेधाज्ञाबाट प्रभावित भएकाहरुको लागि निःशुल्क भोजन वितरण शुरु भएको छ । वीरगंज महानगरपालिका वाड नं।– ११ श्रीपुरस्थित रहेको वीरगंज सिटी रोयेल युवा क्लबले आजबाट निःशुल्क भोजन वितरण कार्य शुरु गरेको छ ।
क्लबले सञ्चालन गरेको निःशुल्क भोजन वितरण अभियानका अध्यक्ष सुरज महतो धानुकको नेतृत्वमा रहेको टोलिले अभियानको पहिलो दिन ११६ जना दैनिक ज्यालादारी गर्ने मजदुर, गरिबलगायत विपन्न वर्गहरुका लागि निःशुल्क भोजन आज दोस्रो दिन पनि वितरण कार्य शुरु भएको छ ।
महामारीसँग जुध्न आवश्यक रोग प्रतिरोधात्मक क्षमता उच्च बनाउन पोसीलो खाना सेवन गर्न उचित हुने भन्दै भात, अण्डाकरी र सलाद वितरण गरेको क्लबका उपाध्यक्ष रासिकान्त महतो धानुकले बताउनुभयो । अध्यक्ष सुरज महतो धानुकको नेतृत्वमा आलोक मण्डल, रामप्रित महातो धानुक, बालमिकी, आन्नद, भुवन, बिष्णु, राजन, उदय, साहेब, अंजनी, दिपेन्द्र गायतका स्वयमंसेवकहरुको समुहले भोजन वितरण गरेका थिए । वीरगंज सिटी रोयेल युवा क्लबलले निःशुल्क भोजन वितरण अभियानलाई निरन्तरता दिइरहने क्लबका कोषाध्यक्ष ज्ञानेन्द्र महतोले जानकारी गराए । निषेधाज्ञाका कारण प्रभावित भएकाहरुको जनजीवन सहज पार्न आफुलगायत आफ्नो क्लब लागि परेको उनको भनाई छ । खाँचोमा परेकाहरुको सहयोगका लागि सञ्चालन गरिएको अभियान समुदायको सहयोग अपरिहार्य रहेको उनले जिकिर गरे । निषेधाज्ञाका कारण प्रभावित गरिब, निमुखा, अलपत्र परेका यात्रु, सडक मानव तथा अस्पतालका बिरामीका कुरुवाहरुलाई खाना उपलब्ध गराइएको उनको भनाई छ । वीरगंज सिटी रोयेल युवा क्लबलमा स्कुल देखी क्याम्पस सम्मको युवाहरु मत्र छन् । उनिहरु संग कुनै रोजगार वा व्यापार छैन यस्ता कार्य गर्न सबै जना आ–आफ्नो तर्फबाट आर्थिक सहयोग गरी निःशुल्क भोजन वितरण शुरु गरेका छन् । निःशुल्क भोजन वितरणका लागि वडा अध्यक्ष प्रदुमन सेढाई संग आर्थिक सहयोग माग्दा उहाँले कुनै पनि सहयोग म संग हुदैन भन्नुभयो । महामरीको समयमा जनप्रतिनीधहरुले सहयोग नगरे कस्ले गर्छ रु वीरगंज सिटी रोयेल युवा क्लबललाई आर्थिक सहयोगको खाचो भएको हुनाले सहयोग गर्न सकनु हुने महानुभावले अध्यक्ष सुरज महतो धानुकको सम्र्पक नं।– ९८२४२३०५०७, ९८२१२१६७६२ मा सम्र्पक गरी सहयोग गर्न सकिन्छ ।