बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा अब हप्ताको दुई दिन पिसिआर चेक हुने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ १३, बिहिबार (४ साल अघि)
  • ४ पटक पढिएको
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा अब हप्ताको दुई दिन पिसिआर चेक हुने


दिपेन्द्र जयसवाल,बारा जेठ १३
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा अब हप्ताको दुई दिन पिसिआर चेक हुने भएको छ । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाले दुई दिन पिसिआर चेक गर्न थालेको हो ।
यसअघि शुक्रबार मात्र चेक हुदै आएको पिसिआर अब मंगलबार पनि हुने भएको छ । कोरोनासंग सम्बन्धित लक्षण देखिएकाहरुले पिसिआर चेक गर्न सक्ने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका अनुसार पिसिआर चेक गर्न अघिल्लो दिन ५ बजेभित्र नै नाम लेखाईसक्नुपर्नेछ । हप्ताको दुई दिन वडा नम्बर २ मा जीतपुरसिमरा उपमहानगरपालिकाले सञ्चालन गरेको आईशोलेसन वार्डमा पिसिआर चेक गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस