उपेन्द्र गोले रौतहट १४ जेठ ।
पछिल्लो २४ घण्टामा रौतहटमा ७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा रौतहटको गौरमा ७५ जनाको पिसिआर परिक्षण गराउदा ४ जना र ६ जनाको एन्टिजेन विधिबाट परिक्षण गराउदा ३ जनामा कोरोना पुष्टि भएसँगै शुक्रबार ७ जनामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । पछिल्लो २४ घण्टामा प्राप्त जानकारी अनुसार रौतहटका १ जनाको मृत्यु भएको छ । यो सँगै रौतहटमा मृत्यु हुनेको संख्या ८९ जना पुगेको छ । कोरोनाको दोस्रो लहरमा रौतहटका १ हजार ७६ जनामा कोरोना संक्रमण पुष्टि भएका छन । जसमध्ये २५९ जनाले भने कोरोना जितेर घर फर्किएका छन । शुक्रबारसम्ममा रौतहटमा सक्रिय संक्रमित ७६० जना रहेका छन । रौतहटमा १८ स्थानिय तहहरुमध्ये सबैभन्दा बढी चन्द्रपर नगरपालिमा १४६ जना सक्रिय संक्रमित रहेको छ । त्यसैगरि गौरमा ८४ जना , गरुडामा ४१ जना , इशनाथमा ७ जना , राजपुरमा ३६ जना , परोहामा ४१ जना , बौधीमाइमा १० जना , मौलापुरमा १० जना , कटहरियामा २८ जना , फतुवा विजयपुरमा ५२ जना , देवाही गोनाहीमा १४ जना , गुजरामा १० जना , बृन्दावनमा १२ जना , गढीमाइमा १९ जना , माधवनारायणमा ५७ जना , राजदेवीमा १४ जना , यमुनामाईमा ११ जना , दुर्गाभगवतीमा १८ जना सक्रिय संक्रमितहरु रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जाएको छ