उपेन्द्र गोले रौतहट १४ जेठ ।
रौतहटमा आफूखुशी मूल्यवृद्धि गरी दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यापारीलाई उद्योग वाणिज्य सङ्घ रौतहटले कारवाही गर्ने भएको छ । कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि रौतहटमा गरिएको निषेधाज्ञाका कारण स्थानिय व्यापारीहरुले आफूखुशी दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि गर्दै आएको उपभोक्तहरुले गुनासो गर्दै आएका छन । कोरोना महामारीका कारण जारी निषेधाज्ञाको मौका छोपी व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउदै त्यस्ता ब्यापारीहरुलाई कारवाही गरिने उद्योग वाणिज्य संघ रौतहटले जनाएको छ । महामारीको विषम परिस्थितिमा समस्याको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, चर्को मूल्य असुल गर्ने, कालोबजारी गर्ने लगायत गरे कारबाही गर्ने संघले जनाएको छ ।