उपेन्द्र गोले रौतहट १५ जेठ ।
रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा विगत केही दिनदेखि परिरहेको निरन्तर बर्षाले मकै तथा केरा कृषकहरु मारमा परेको छ । बर्षासँगै आएको हावाहुरीका कारण चन्द्रपुर नगरपालिकाका चन्द्रनिगाहपुर , सन्तपुर , सिन्दुरेघारी , पौराई , जुडिबेला , गैडाटार लगायतका क्षेत्रमा लगाइएको मकै बालीमा क्षति पुर्याएको छ । रौतहटका कृषकहरुले लगाइएको मकैहरु निरन्तर परेको बर्षासँगै हावाहुरीले ढलेपछि किसानहरु चिन्तामा परेका छन । मकैमा फल लाग्ने समयमा अचानाक बर्षा र हावाले आएपछि चन्द्रपुर नगर क्षेत्रका मकै जमिनसँगै ढलेका छन । जसले गर्दा यस बर्ष लगाएको मकै बालीको उत्पादनमा समेत कमी आउन सक्ने चन्द्रपुर—४ का टंक गौतमको भनाइ रहेको छ । यसका साथै चन्द्रपुर नगरपालिकाका विभिन्न वडाहरुमा लगाइएको केरा खेतीमा पनि क्षति गरेको गैडाटारमा केही बर्षदेखि केरा खेती गरिरहनु भएका कृषक शंकर न्यौपानेले बताउनु भयो । निरन्तर बर्षा भएकाले जमिन गलेको र हावाहुरि चल्न गएपछि केरा लगायत मकै बालीहरु ढलेको न्यौपानेको भनाइ रहेको छ ।