उपेन्द्र गोले रौतहट १६ जेठ ।
रौतहटका ४ जना कैदीले माफी पाएका छन । शनिबार गणतन्त्र दिवशको अवसरमा रौतहट स्थित गौर कारागारमा बन्दी जिवन बिताइरहेका ४ जना कैदीहरुले माफी पाएका हुन । हात हतियार ,सवारी ज्यान लगायत छुट्टाछुट्टै अपराधमा सजाय भोगिरहेको अवस्थामा शनिवार माफी पाउने चारै जना कैदी रौतहटकै रहेका छन । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ का राम बहादुर घिसिङ , माधब नारायण नगरपालिकाकाको वडा नम्बर ३ का अजय महतो , गरुडा ७ का सिकिन्द्र राय यादव र गुजरा ८ का फर्मुला अन्सारीले माफी पाएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताउनु भएको छ । उनिहरु सवारी ज्यान मुद्घा, हात हतियार खरखजाना, कर्तव्य ज्यान मुद्घामा जिल्ला कारागार गौरमा सजाय भोक्दै आएका थिए । शनिवार सरकारको सिफारीसमा राष्ट्रपती विद्यादेवि भण्डारीले देशभरका ४ सय ३० जना कैदीहरुको कैद मिनाह गरेको थियो ।