उपेन्द्र गोले रौतहट जेठ १६ गते ।
पछिल्लो २४ घण्टामा रौतहटमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको गौरस्थित अस्पतालमा पछिल्लो २४ घण्टामा ७० जनाको पिसिआर परिक्षण गर्दा १२ जना र १ जनाको एन्टिजेन विधिबाट परिक्षण गराउदा कोरोना पुयिट भएसँगै आइतबार रौतहटका १३ जनामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । पछिल्लो २४ घण्टामा रौतहटका विभिन्न जिल्ला उपचाररत रहेका ५ जनाको कोराना संक्रमणले मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट रौतहटमा मृत्यु हुनेको संख्या ९४ पुगेको छ । रौतहटका आइतबारसम्ममा १०९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २९१ जनाले भने कोरोनालाई जितेका छन । केही दिनबाट रौतहटमा कोरोना परिक्षणको दायरा घटेसँगै संक्रमणको संख्यामा पनि कमी आएको छ । रौतहटको १८ स्थानिय तहहरुमध्ये चन्द्रपुर नगरपालिकामा कोरोना संक्रमितहरुको संख्या उच्च रहेको छ ।