आरके श्रीवास्तव । कटहरिया । जेठ १८ गते
रौतहट जिल्लाको कटहरियामा अवस्थित श्री जनता माध्यमिक बिधालय कटहरियाको जग्गा डाँक बढावढ प्रक्रिया बाट आज संम्पन भएको छ । मावि कटहरियाले पहिलो पटक आगामी आर्थिक वर्ष २०७८÷७९ देखि खुल्ला माध्यमबाट ठेक्का पट्टा संम्पन गरेको मावि कटहरियाका प्रधानाध्यापक योगेन्द्र प्रसाद कुश्वाहाले जानकारी गराउनु भयो । स्कुलको नाममा रहेको २५ बिगहा खेतीयोग्य जग्गा पहिलो पटक खुल्ला डाँक बढाबढ प्रक्रिया द्धारा ठेका सकार भएको हो । विधालय द्वारा पूर्वत जारी सुचना अनुसार डाँक बढाबढको लागि ठेकेदारहरू लाई जम्मा गरिएको थियो । कटहरिया नगर प्रवक्ता,वडा नम्बर ४ का वडाध्यक्ष एवम् विधालय व्यवस्थापन समितिका अध्यक्ष चन्दन कुश्वाहाको अध्यक्षतामा बिधालयका प्रधानाध्यापक योगेन्द्र प्रसाद कुशवाहा, बिधालयका शिक्षक शिक्षिका, कटहरिया नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल प्रसाद गुप्ता ,शिक्षा संयोजक अनिल निधि ,बहुमुखी क्याम्पस कटहरियाका क्याम्पस प्रमुख गजेन्द्र प्रसाद यादव, बिभिन्न राजनितक दलका नेता तथा कार्यकर्ताहरु, ईलाका प्रहरी कार्यालय कटहरिया सई महानन्द कुर्मी, शसस्त्र प्रहरी बेश क्याप दुधियाभारका प्रमुख,गाउको बुद्धिजिबी ,समाजसेबी ,भद्धभालादमी बिभिन्न संचार माध्यमबाट आएका संचारकर्मीहरुको बिषेश रोहबरमा उक्त ठेक्का सकार कार्यक्रम सम्पन भएको छ । बिधालयको तर्फबाट प्रअ कुश्वाहाले ७ लाख बाट शुरु गरेको बोल कबोलमा १९ जना ठेकेदार मध्ये ६ जना ठेकेदारले बोलकबोल गरेका थिए ।जसमा प्रथम ठेकेदार कटहरिया निवासी रामप्रताप राय यादवले सात लाख २५ हजारबाट बोल कबोल सूरू गरेका थिए । त्यस पछि दुर्गा साह बानियाले सात लाख ५० हजार ,तेस्रो ठेकेदारको रुपमा पुनः रामप्रताप राय यादवले सात लाख ७५ हजार लगाएका थिए । त्यस्तै नईम मियाल ९ लाख ७५ हजार , पुनः दुर्गा साह बानिया ११ लाख ५० हजार लगाएका थिए । अन्तमा सब भन्दा बढी रकम ११ लाख ७५ हजारमा उक्त जगा सशीकपुर कुश्वाहाले सकार गरेको मावि कटहरियाका लेखापाल सुरेन्द्र यादवले जानकारी गराउनु भयो ।