प्रिन्स श्रीवास्तव । पर्सा । जेठ १७ गते
जन संरक्षण बचत तथा ऋण सहकारी संस्था पर्साले राहत वितरण गरेको छ । आज सोमबार एक कार्यक्रमका बिच आफ्नो कार्यालयको तर्फबाट उक्त राहत सामाग्री वितरण गरिएको हो । बिरगंज उपमहानगरपालिका वडा नम्बर १६ नगवामा बस्ने सम्पूर्ण असहाय,अतिविपन्न र गरिब परिवारलाई राहत उपलब्ध गराईएको हो । राहत स्वरूप १० किलो चामल, १ किलो मंसुरी दाल र एक पैक नुन वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा कोरोना भाईरस कोविड बाट बच्नको लागि स्वास्थ्य मापदण्ड लाई विशेष ध्यान दिई वडाध्यक्ष विनिता देवी तथा नगवा वडा प्रहरीको विशेष उपस्थितिमा दिउसो २ बजे देखि बेलुका ६ बजे सम्म वितरण गरिएको थियोे । उक्त अवसरमा करिव १५० भन्दा बढी गरिब परिवारलाई संस्थाले आफ्नो निजी खर्चमा राहत वितरण गरेको थियो । सो सहकारी संस्थाका प्रवन्धक नरेश चौरसियाको अगुवाइमा गरिब र असहाय वर्गलाई विशेष ध्याना दिई राहत वितरण गरिएको थियोे । सो अजसरमा वडाध्यक्ष विनिता देवी सँगै,इलाका प्रहरी इंचार्ज गौरीशंकर शाह ,सहकारी संघका महासचिव विष्णु बराल, राष्ट्रीय सहकारी बैंक लि. प्रवन्धक संजय शाह,को–अपरेटिभ मैनेजर क्लबका चन्देश्वर चौरसियाका सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियोे ।