वर्तमानकाल समाचारदाता । रौतहट । जेठ १७ गते
विवेकशी साझा पार्टी रौतहटले घुम्ती स्वास्थ्य सेवा सन्चालन गरेको छ । रौतहटमा कोरोनाले कसैले स्वास्थ्य सेवाबाट बन्चित नहोस भन्ने उद्देश्यले यो सेवा सन्चालन गरेका छन । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि घुम्ती स्वास्थ्य सेवा तथा राहत सहयोग सञ्चालन गरेको छ । विवेकशील साझा सद्भाव समूह कतारको सहयोगमा प्रदेश २ कमिटीले अभियान सञ्चालन गरको हो । अभियानको व्यवस्थापन विवेकशील साझा पार्टीको, अन्तराष्ट्रिय समिति र प्रदेश–२ समितिले गरिरहेको छ । यस अभियानलाई प्रभावकारी बनाज्नको लागि विवेकशीलले अभियानमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । अभियान अन्तर्गत अहिले सम्म ३०० सय जनाभन्दा बढीको स्वास्थ्यबारे आफूहरुले जानकारी लिएको विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य विवेक शर्माले जानकारी दिए । घुम्ती सेवालाई प्रभावकारी बनाउनको लागि केन्द्रीय समिति सदस्य शर्माले भने,“हामीले थर्मल गनले तापक्रम मापन गर्ने र अक्सीमिटरले अक्सिजन लेभल जाँच गर्ने गरेका छौ । यश अभियानमा हेल्थ असिष्टेन्ट रमेश शर्मा र अमरुल आलम संलग्न रहेको शर्माले जानकारी दिए । रौतहटको गरुडा, गढिमाई नगरपालिका लगायत अन्य नगरपालिकाहरुमा पनि अभियान चलाउने भएको छ । विकेशील साझा पार्टीका सचिवालय सदस्य तथा प्रदेश २ का संयोजक अनिमेश कुमार मिश्रले कोरोना संक्रमणको लक्षण देखिएका ठाउँलाई बढी केन्द्रीत गरिएको जानकारी दिए । उनले भने,“हामीले चिकित्सक र स्वास्थ्यकर्मीको टोली परिचालन गरेका छौं, कोरोना संक्रमणका लक्षण भएका ठाउँलाई बढी केन्द्रीत गरेका छौं र आधारभूत आवश्यकताको औषधी पनि उपलब्ध गराएका छौं ।” उनले कमजोर आर्थिक अवस्था भएका र असायहरुलाई निःशुल्क अक्सिजन सिलिण्डर पनि उपलब्ध गराउने जानकारी दिए । उनले आजदेखि स्वास्थ्यकर्मी थप गरिएको जानकारी दिए । आवश्यकता अनुसार जिल्लाभर नै अभियान चलाउने मिश्रको भनाई छ । विवेकशील साझा पार्टीले देशको विभिन्न ठाउहरुमा विभिन्न किसिमको अभियानहरु सन्चालन गर्दै आएको छ । तातो भात अभियान, रोग र भोक सङ्गै विवेकशील साझा, प्रदेश न१, ३, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेशमा सन्चालनमा रहेको छ । रोग र भोकले कसैले पनि न मरोस भन्ने हेतुले यो अभियान सन्चालनमा ल्याएका तथा जस्तो सुकै आपत बिपतको बेलामा नेता तथा पार्टी जनताको सेवामा समर्पित हुनु पर्छ भने केन्द्रिय सदस्य शर्माको ठम्याई रहेको छ ।