शम्भु पंडित जनकपुरधाम । जेठ १८ गते
सडक बिस्तारको बिषय लिएर चर्केको विवादमा सबैला नगरपालिका वाड नम्बर ४ पटेर्वामा २४गते बैशाखमा दुई पक्ष बिच कुटपिट हुदा एकजना घाइतेको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सबैला नगरपालिका वडा नं ४ पटेर्वा टोलको सुमिन्त्रा देवि यादव रहेको प्रहरीले जनाएको छ । धनुषाको सबैला नगरपालिका वाड नम्बर ४को पटेर्वा टोलमा सडकको पिसिसी ढलान गर्ने क्रममा उपभोक्ता समिति पक्ष र गाउले पक्ष विवाद हुदा दुई दर्जन मान्छे सहित एक प्रहरी असय घाइते भएका थिए । घाईतेहरुको उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको थियो। बिवादमा हात रहेको भन्दै ईलाका प्रहरी सबैलाले एकजालाई पक्राउ पनि गरिएको र घटना सम्बन्धि थप अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यलय सबैलाको प्रहरी निरीक्षक राजेश शिंड्गेलले जानकारी दिएका थिए । घाइते सुमिन्त्रा देवि यादवको प्रदेशिक अस्पताल बाट नोवेल अस्पताल बिराटनगरमा रेफर गरिएको थियो ।उपचारक्रममा रहेको सुमिन्त्रा देवि यादवको निधन भएको प्रहरीले जनाएको छ ।