शम्भु पंडित जनकपुरधाम । जेठ १८ गते
कोरोना महामारीको समयमा रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ धनुषाको सबैलामा ३५ जनाले रक्तदान गरेका छन । मंगलवार नगर युवा संजाल सबैला खुल्ला मञ्चमा आयोजना गरेको रक्तदान कार्यक्रमकाबीच रक्तदान गरेका हुन । कोरोना कहरका बिच ग्रामिन भेगमा समेत रक्तदान गरिएको छ । सबैला नगर युवा सञ्जालको आयोजनामा सबैला नगरपालिकाको सबैला बजारमा आयोजित रक्तदान कार्यक्रममा कुल ३५ जना स्थानिय तथा युवा र प्रहरीले रक्तदान गरेको सञ्जालका अध्यक्ष सुरेश यादवले बताएमो छ । कोरोना महामारीमा उपचारको अभाव र उपचार भइरहेकालाई रक्तअभावको पिडा रहेकोल त्यसमा केहि भएपनि मलम लगाउने प्रयास स्वरुप रक्तदानको आयोजना गरिएको यादवले बताए । उनले रक्तदान आयोजनामा सहयोग गर्ने सवैलाई धन्यवाद दिएका छन् ।