उपेन्द्र गोले रौतहट १८ जेठ ।
रौतहटका विवेकशील साझा पार्टीका केन्द्रिय नेता विवेक शर्माले विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा संस्थापक अध्यक्ष उज्वल थापाको निधनप्रति स्तब्ध भएको जनाउनु भएको छ । नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपुरणीय क्षति पुगेको शर्माले बताउनु भएको छ । खास गरी शान्तिपुर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम भूमिका रहेको समेत नेता विवेक शर्माले टिप्पणी गरेको गर्नु भएको छ । दुई साता अघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो । विवेकशील साझा पार्टी केन्द्रीय समितिको मंगलबार नै बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा पार्टीका प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एक विरुवा रोप्न पार्टीका सम्पूर्ण नेतृत्व पंत्ति र सदस्यहरूलाई आह्वान समेत गरेको छ ।