अमरेस कुमार पाण्डेय वीरगञ्ज, १८ जेठ ।
जनता समाजवादी पार्टी (जसपा) मा उपेन्द्र–बाबुराम निकट समूहले पर्साको विभिन्न स्थानीय तहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । संसद् विघटन र निर्वाचन घोषणा उपेन्द्र–बाबुराम निकट नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको जिल्लाका विभिन्न स्थानीय तहहरुमा पुत्ला जलाएका हुन् ।सदरमुकाम वीरगञ्ज महानगरपालिकाको बाईपास रोडमा राष्ट्रपति विधा देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली को पुतला जलएका हुन। सो कार्यक्रममा नगर अध्यक्ष ईश्वर चन्द्र यादव ,शेख रुस्तम उपाध्यक्ष , वडा अध्यक्ष तुफान अंसारि ,युवा नेता नुरआलम अंसारि , गौरभ वर्मा युवा अध्यक्ष , बिद्यार्थी नेता मनमोहन पाण्डे , बिद्यार्थी नेता हरेन्द्र साह वीरगञ्ज महानगर अध्यक्ष इश्वर यादवले बताए । त्यसैगरी बहुदरमाई, पर्सागढी नगरपालिका, जगरनाथपुर, धोविनी, छिपहरमाई, सखुवा पर्सौनी, बिन्दबासिनी, पटेर्वासुगौली र ठोरी गाउँपालिका लगायतमा पुत्ला जलाइएको पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवले जानकारी दिए । यादवले पार्टीको प्रदेश समितिको जेठ १३ र १४ गते बसेको बैठक अनुसार संसद् विघटन र निर्वाचन घोषणा विरुद्ध विरोध प्रदर्शनको कार्यक्रमहरु सुरु गरिएको बताए । उनले भोली पनि जिल्लाका सम्पूर्ण स्थानीय तहमा समिति व्यक्तिहरुको उपस्थितिमा सङ्केतिक रुपमा राँके जुलुस निकालिने योजना रहेको बताए ।