दहेज मुक्त मिथिला नेपालकी अध्यक्ष करुणा झाद्वारा १० बिपन्न परिवारलाई राहत सहयोग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २०, बिहिबार (४ साल अघि)
  • ६ पटक पढिएको
दहेज मुक्त मिथिला नेपालकी अध्यक्ष करुणा झाद्वारा १० बिपन्न परिवारलाई राहत सहयोग

नबिन यादव जेठ १९ गते
समाजसेवी करुणा झाको सहयोगमा आज राजविराज नगरपालिका वडा न।७ स्थित १० बिपन्न परिवारलाई राहत बितरण गरिएको छ। दहेज मुक्त मिथिला नेपालकि अध्यक्ष समेत रहेकी समाजसेवी करुणा झाको र सहयोग तथा राष्ट्रिय एकता अभियानकि अभियान्ता सुनिता साहको समन्वयमा आज राहत बितरण गरिएको बर्तमान् दैनिक पत्रिकाको पत्रकार नवीन यादवले बताउनुभयो । समाजसेवी झाको निवासमा राजविराज वडा न।६ र ७ का बिपन्न १० परिवारलाई चामल १० केजि,दाल १ केजी,नुन १केजी ,तेल १केजी र साबुन १ वटा बितरण गरिएको छ। राहत बितरण कार्यक्रममा अभियन्ता साह,समाजसेवी झा,रमिला साह र बर्तमान दैनिक पत्रिकाका पत्रकार नवीन कुमार यादवको उपस्थितिमा समाजिक दुरि कायम गरि बितरण गरिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस