उपेन्द्र गोले रौतहट १९ जेठ ।
पछिल्लो २४ घण्टामा रौतहटका १० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा रौतहटका १३५ जनाको पिसिआर परिक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सख्या १०३ पुगेको छ । रौतहटमा बुधबारसम्म ११३६ जनामा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये ३४७ जनाले भने कोरोनालाई जितेका छन । रौतहटमा अहिले ७३८ जना संक्रिय संक्रमितहरु रहेकाछन । जसमध्ये ७२३ जना होमआइसोलेसनमा ,१२ जना साधारण उपचारमा र ३ जना अन्य जिल्लामा उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोन संक्रमणको जोखिमलाई न्युन बनाउन जेठ २६ गतेसम्मलाई निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।