रौशन चौधरी । जेठ २१ गते , रौतहट ।
रौतहट जिल्लाको गरूडा नगरपालिकामा एक महिना भित्रमा दुई वडाध्यक्षको मृत्यू भएको छ । उनीहरुको अल्पायूमै मृत्यू भएको हो । केहीदिन अघि मात्र रौतहटको गरुडा नगरपालिकाको एक वडाध्यक्षको मृत्यू भएको थियो भने थप एक वडाध्यक्षको विहिबार राती उपचारको क्रममा मृत्यू भएको हो । जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर २ का वडाध्यक्ष विसुनदेव सहनीको बिहिवार राती काठमाडौको एक अस्पतालमा उपचारको क्रममा मृ,त्यु भएको हो । निमोनिया र कोरोना बाट ग्रसित वडाध्यक्ष सहनीको निधन भएको वडाध्यक्षका छोरा मनोज सहनीले जानकारी गराए । पछिल्लो समय निमोनिया र कोरोना रोगले पिडित भएपछि वडा सहनीलाई सिभिल हस्पिटल काठमाडौंमा भर्ना गरिएको थियो ।
उपचाररत रहनु भएका अन्दाजी ७५ वर्षिय सहनीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । सोही क्रममा वडा अध्यक्ष सहनीको बिहीबार राति निधन भएको मृतकका छोरा मनोज सहनीले बताएका छन् । न्यायीक समितीमा सदस्य एव नेपाली काङ्ग्रेसको प्रभावशाली नेता वडाध्ययक्ष सहनीको राजनीतिमा सफल एव निकै दयालु व्यक्तत्व मानिन्थ्यो । पंचायति व्यवस्थामा पनि उनी दुईपटक वडाध्यक्ष बनेका थिए । स्थानीय गरूडा नगरपालिकाको वडा नम्बर २ गेडही गुठीको वाडाध्यक्ष सहनीको असमाहिक निधनले भएको निधनले गरूडा नगरपालिकालाई नै मर्माहित बनाएको नगरपालिकाको नगर प्रमुख इनु राय यादव बताउनुभएको र उप–प्रमुख रंगिला देबि जयसवालले उनको निधनले न्यायिक समिती साथै पार्टीलाई ठूलो क्षति पुगेको बताएकि छिन।
जयसवालले उनको मृत्यूप्रति दुःख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना र परिवाजनमा गहिरो संवेदना प्रकट गरेकी छिन। उनको निधनले गरूडा नगरपालिका परिवारलाई नै स्तब्ध बनाएको प्रतिक्रिया दिइन । यसै महिना गत जेठ ४ गते गरूडा नगरपालिका वडा नम्बर ७ पिपरियाका वडाध्यक्ष एव न्यायिक समिती सदस्य एव नेपाली काङ्ग्रेस नेता राम ईशवर राय यादवको पनि उपचार कै क्रममा निमोनिया बाट मृत्यू भएको थियो। उनीहरुको निधनले गरुडाको बिकास र समृद्धिमा ठूलो असर पर्ने स्थानीयको भनाइ छ।