धर्मेन्द्र कुमार यादव– महोत्तरी,
महोत्तरी जिल्लको सोनमा गाउँपालिका वडा न. ८ सिहासनीमा शुक्रवार स्वास्थ्य चौकी निर्माणको लागि सिलान्यास गरिएको छ । जन समुदायमा स्वास्थ्य उपचार सम्बन्धि सुलभ र सहजताको लागि महोत्तरी क्षेत्र नं ४ का सांसद डा सुरेन्द्र यादवको संसदीय कोषबाट रु २० लाख बाट स्वास्थ्य चौकी निर्माण हुन लागेको छ। निर्माण हुन लागेको स्वास्थ्य चौकीको सिलान्यास पुर्व स्वास्थ्य राज्य मन्त्री डा सुरेन्द्र यादवले गर्नु भएको छ। निर्मल कन्ट्रक्सन द्वारा निर्माण हुने स्वास्थ्य चौकीमा रु २० लाखको लगानी रहने छ साथै उक्त स्वास्थ्य चौकीमा चार ओटा कोठा हुनेछ । निर्माण हुन लागेको स्वास्थ्य चौकीको सम्झौता अनुसारको काम असार २० गते भित्र पूरा गरिने कुरा निर्मल कन्ट्रक्सनका संचालक पंकज यादवले बताएका छन । स्वास्थ्य चौकी निर्माण हुन लागेको जग्गा सोनमा ८ सिहासनीमा रहेको राम जानकी कुट्टिको रहेको छ। उक्त स्वास्थ्य चौकी बनाउन कुट्टीले ६ कठा जग्गा लिखित रुपमा दिएको छ । सिलान्यास कार्यक्रममा वडा अध्यक्ष राजदेव यादव, वडा सद्स्य नुर महम्द बैठा , वडा सचिव जिवछ यादव, राम जानकी प्रतिष्ठानका अध्यक्ष मुक्ती नरायन यादव लगायत गाउका समाजसेवी, बुद्धीजिवी, शिक्षाप्रेमी र युवाहरुको उपस्थिती रहेको थियो।