दिपेन्द्र जयसवाल,बारा जेठ २१ गते
बारामा जेठ ३० गते सम्म निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाराको शुक्रबार बसेको बैठकले जेठ ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधि बढाउन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सिफारिस गरेको थियोे । सोही बमोजिम प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले निषेधाज्ञामा केही खुकुलो सहित थप गरेका छन् । जेठ ३० गते राती १२ बजे सम्म बिहान ६ बजे देखि ९ बजे सम्म खाद्यान्न पसल र पेट्रोल पम्प हरु खुल्न दिने प्रमुख जिल्ला अधिकारद्वारा जारी बिज्ञप्तिको सूचनामा उल्लेख गरिएको छ । अरु अत्यावश्यक बाहेकका पसल हरु भने पूर्ण रुपमा बन्द गरिने विज्ञप्तिको सूचनामा उल्लेख गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि बारामा वैशाख २३ गतेदेखि निषेधाज्ञा लगाइएको छ । एक महिना जति समय निरन्तर निषेधाज्ञा जारी राख्दा व्यापार व्यवसाय चौपट भएको भन्दै कतिपयले खुकुलो गर्न माग गर्दै आएका छन् भने पछिल्ला दिनमा जिल्लामा निषेधाज्ञाको अवज्ञा गर्ने क्रम पनि बढेको छ ।