मर्चवार सामुदायिक बिकास केन्द्रको टिमद्धारा राहत बितरण तथा आइसोलेशन सेंन्टरमा सहयोग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २५, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
मर्चवार सामुदायिक बिकास केन्द्रको टिमद्धारा राहत बितरण तथा आइसोलेशन सेंन्टरमा सहयोग

उर्मिला यादव यात्री २४ जेठ
सामाजिक क्षेत्रमा क्रियाशील संस्था मर्चवार सामुदायिक बिकास केन्द्र रुपन्देहीले आज सोमबार पनि राहत बितरण कार्यलाई निरन्तरता दिनुका साथै आइसोलेशन सेन्टरलाई सहयोग गरेको छ । संस्थाले आज सोमवार २० घर परिवारलाई राहत बितरण गर्नुका साथै मर्चवारका ३ ओटा आइसोलेशन सेन्टरलाई पिउने पानी र पकेट सेनिटाइजर बितरण गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि साझ बिहान छाक टार्ने समस्यामा रहेका गरिब, मजदुर तथा अति बिपन्न घर परिवारलाई संस्थाले अभियान नै संचालन गरी राहत बितरण गरेको गदै आएको छ । मर्चवार सामुदायिक बिकास केन्द्रका अध्यक्ष ज्ञानेश्वर उपाध्यायको अध्यक्षता तथा सोनु बनियाको संयोजकत्वमा आज कोटहीमाई गाउपालिका वडा नम्बर १ मा रहेका अति बिपन्न २० घर परिवारलाई पाच किलो चामल, एक पोका नुन, एक पोका सोयाबिन ,१किलो दाल ,पिठो, आलू ,प्याज लगायत बिभिन्न खाद्यान्न सामग्री बितरण गरिएको अभियानका अभियानकर्मी हिना तिवारीले जानकारी दिनु भयो । बि.स.२०७१ सालमा स्थापना भएको मर्चवार सामुदायिक बिकास केन्द्रले लकडाउनको यो विषम परिस्थितिमा कोही पनि भोकै बस्न नपरोस भन्ने उदेश्यका साथ बिगत १० दिन देखि नै खाद्यान्न सहयोग अभियान सुरु गरेर खाद्यान्न बितरण गर्दै आएको छ । आज सम्म ५९ घर परिवारलाई खाद्यन्न सामग्री बितरण गरीएको छ । खाद्यान्न बितरण कार्यक्रममा नमुना एकीकृत बिकास परिषद र युनडिपीले आज पुनः ८० कार्टुन पिउने पानी उपलब्ध गराएको र सो ८० कार्टुन मध्ये कोटहीमाई अन्तर्गत मझगावा स्वास्थ्य चौकी आइसोलेशनमा २० कार्टुन पानी र २५ वटा पकेट सेनिटाइजर प्रदान गरीएको छ भने लायन्स क्लब अफ लुम्बिनी मर्चवारद्वारा स्थापित मर्चवार आदर्श बहुमुखी क्याम्पस मझगावालाई २५ कार्टुन पानी र ३० वटा सेनिटाइजर तथा सम्मरीमाई ६ असुरैना स्वास्थ्य चौकी आइसोलेशन सेन्टरलाई ३५ कार्टुन पानी र ३० ओटा पकेट सेनिटाइजर बितरण गरिएको हो । राहत बितरण तथा आइसोलेशन सेन्टर सहयोग कार्यक्रममा कोटहीमाई गाउपालिका स्वास्थ्य शाखा प्रमुख रामनिवास यादव, असुरैना स्वास्थ चौंकी इन्चार्ज सुख नन्दन पाल ,स्टाफनर्स सिर्जना भुषाल,शर्मिला चौधरी र जसपा नेता रामगणेश पाल, रिंकु सैनी र दुर्गेश गुप्ताको रोहवरमा तथा अभियानकर्मी बिनय यादव , बिनोद कुमार यादव ,कन्हई बनिया,बिरेन्द्र भर, शिवकुमार बिश्वकर्मा,प्रदिप नाउ तथा संस्थाका कार्यकारी निर्देशक अखिलेश्वर शुक्लाको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस