उपेन्द्र गोले रौतहट २५ जेठ ।
रौतहटको चन्द्रपुर नगरपालिकामा कोरोना भाइरस सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ मा मंगलबार महिलाहरुका लागी कोभिड नियन्त्रण तथा रोकथामका लागी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । रौतहटको चन्द्रपुर नगरपालिकामा कोरोना भाइरस संक्रमितहरुको संख्या उच्च रहेको बिषम परिस्थितीमा कोरोना लाग्नु भन्दा पहिला आम नागरिकहरुले गर्नु पर्ने भुमिका र कोरोना संक्रमित भएपश्चात कसरी कोरोना जित्न सकिने उपायहरुको बारेका सचेत गराएको महिला सुरक्षा दवाव समुहका अध्यक्ष देवकी नेपालले बताउनु भयो । चन्द्रपुर नगरपालिकाका १० ओटै वडाहरुमा प्रत्येक वडाका ४०÷४० जना महिलाहरुलाई २ चरणमा २०÷२० जना गरि कोरोना सम्बन्धि सचेतना दिनुका साथै मास्क , सेनिटाइजार , फेसशिल्ड , ग्लोब्स लगायतका स्वास्थ्य सामग्री वितरण गरिने नेपालले बताउनु भयो । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ र ५ मा सो सामग्री वितरण गरिसकेको अब बाकी सबै वडाहरुमा क्रमश वितरण गर्दै जाने आयोजक प्रशिक्षण प्रतिष्ठान नेपालले जनाइएको छ । सो कार्यक्रम चन्द्रपुर नगरपालिकाको सहयोगमा प्रशिक्षण प्रतिष्ठान नेपालको आयोजनामा सम्पन्न भएको हो । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष संजय काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा चन्द्रसनगाहपुर अस्पतालका डाक्टर राजेश ठाकु्र र अजय साहले सहजीकरण गर्नु भएको जनाइएको छ ।