आरके श्रीवास्तव । रौतहट । जेठ २६ गते
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा विधालय भवनको शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नम्बर १ गम्हरिया टोलमा श्री दलित प्राथमिक स्कूलको भवन निर्माण गर्नको शिलान्यास गरिएको हो । बुधवार एक कार्यक्रमका बिच उपमेयर कान्ति देवी र वडाध्यक्ष संजय प्रसादले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो । सो शिलान्यास कार्यक्रमको अध्यक्षता वार्ड सदस्य दिपलाल राय यादवले गर्नु भएको थियो । वर्षौ देखि विना भवनकै संचालनमा सो विधालय रहेको थियो । भवन अभावमा विधार्थीहरु खुल्ला आकाश मुनि पढन बाध्य थिए । अब यो समस्या हटने भएको छ । भवन बनाउनको लागि चौतर्फी रुपमा माग आउन थालेपछि वडाध्यक्ष संजय प्रसादको पहलमा दलित प्राविको ६ कोठे भवन निर्माण हुन लागेको हो । अनुमानित लागत करिब ३६ लाख लाग्ने बताइएको छ । तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत सो भवन निर्माण हुन लागेको वडाध्यक्ष प्रसादले बताउनु भयो । जग्गा खरिद र कम्पाउण्ड बाल निर्माण वडा स्तरिय योजना बाट हुन लागेको वहाँले बताउनु भयो । सो अवसरमा स्थानिय भद्रभलादमी, बुद्धिजिवी, समाजसेवी सहित वडावासीहरुको उपस्थिती रहेको थियो ।