उपेन्द्र गोले रौतहट २६ जेठ ।
रौतहटमा ४ दिनका लागी निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरसको महामारीको संकटबाट आम नागरिकहरुलाई सुरक्षित राख्ने एउटै उपाय निषेधाज्ञा रहेकाले थप ४ दिन जेठ ३१ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ । कोरोना संक्रमणको विषम परिस्थितीमा नेपाल सरकारले अध्यायदेश जारी गरि कडाइका साथ निषेधाज्ञाको पालना गराउने प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भएको छ । बैंक तथा वित्तीय संस्था खाद्य सामाग्री किराना फलफुल तरकारीका पसलहरु हप्ताको ४ दिन आइतवार, मंगलवार , बिहिवार र शुक्रबार २० प्रतिशत कर्मचारीहरुको उपस्थितीमा सञ्चालन गर्न पाउने भएका छन । अन्य दिन भने सबै ब्यापार ब्यावसाय बन्द रहने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । होटद तथा रेष्टुरेयटहरुले होम डेलिभरी मार्फत मात्र ब्यावसायी सञ्चादन गर्न पाउने जनाइएको छ । त्यसैगरि निर्माण सामग्रीहरुको पसल भने खोल्न पाइने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ