स्टोरिज अफ नेपालको सहयोगमा १५१ अति विपन्न परिवारलाई खाधान्न सामाग्री वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २७, बिहिबार (४ साल अघि)
  • ३ पटक पढिएको
स्टोरिज अफ नेपालको सहयोगमा १५१ अति विपन्न परिवारलाई खाधान्न सामाग्री वितरण


राजिव शाह जेठ २७ ,सर्लाही
कोरोना महामारीको दोश्रो लहर र लामो निषेधज्ञाले गर्दा खाधान्न चरम अभावमा रहेका चन्द्रनगर गांउपालिका, सर्लाहीका १५१ अति विपन्न परिवारलाई स्टोरिज अफ नेपालको सहयोगमा खाधान्न राहत प्याकेज प्रदान गरिएको छ । चन्द्रनगर गांउपालिकाका अति विपन्न परिवारहरु लम्बिदै गरेको निषेधज्ञाले गर्दा खाधान्न अभाव र भोको हुन थाले पछि भोर, अनुसान्धानमुलक परोपकारी संस्थाको पहल र व्यवस्थापनमा सो खाधान्न राहत प्याकेज प्रदान गरिएको हो । चन्द्रनगर गांउपालिकाका बडा नम्बर २ र ४ अन्तरगत बबरगंज, बिर्ताबजार र गरहाटोलका १५१ परिवार अति विपन्न परिवारलाई खाधान्न राहत प्याकेज प्रदान गरिएको भोरको अध्यक्ष पचुलाल माझीले जानकारी दिए । मुसहर, चमार, डोम, दुसाध, सहित दलित, मुस्लिम, र अति विपन्न गैर दलित सहितका १५१ परिवारलाई खाधान्न राहत प्याकेज प्रदान गरिएको हो, स्टोरिज अफ नेपालका संयोजक जय पौडेलले बताए । खाधान्न राहत प्याकेजमा प्रति परिवार २५ किलो स्टिमड चामल, ५ किलो हरीयो तरकारी, १ किलो सोयाबिन, १ लिटर खाने तेल, ८ वटा साबुन, ५० पिस सर्जिकल मास्क, दाल र आयोडिनयुक्त नुन रहेको भोरका कोषाध्यक्ष उमेश कुमार साहले बताए । कोही पनि भोकले गर्दा मृत्यूवरण गर्न नपरोस, खाधन्न अभावमा कोही पनि भोकमरी वा कुपोषणको कुचक्रमा नपरोस, हाम्रो उदेश्य नै यही हो, भोरका महासचिव सरोज प्रसाद दुलाल बताउछन् । तराई मधेशको सिमान्तकृत समुदायमा कोरोनाको पहिलो लहर देखि नै स्टोरिज अफ नेपालले खाधान्न राहत तथा अन्य सहयोग मार्फत मानवीय कार्य गर्दै आएको छ । यसैक्रममा कोरोना महामारीको दोश्रो लहरले गर्दा उत्पन्न विषम परिस्थितीमा स्टोरिज अफ नेपालले पुनः खाधान्न राहत लगायतका विभिन्न मानवीय सहायता गरि रहेको छ, संयोजक पौडेल बताउछन् । त्यस्तै भोरले गतवर्ष पनि कोरोना महामारीका कारण आपतमा परेका गरिब, विपन्न, मजदुर लगायतलाई राहत सामग्री तथा गर्भवती, सुत्केरी महिलालाई विषेश पोषण सप्लीमेन्टल प्याकेज वितरण गरेको थियो भने स्वास्थ्य सुरक्षा सामग्रीहरु समेत वितरण गरेको थियो । यसवर्ष पनि पहिलो चरणमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिने र लकडाउन लामो हुन जाने भएकोले खाधान्न राहत सामग्री वितरण शुरु गरेकोे छ । कोरोना महामारीको दोश्रो लहरले गर्दा उत्पन्न आर्थिक र खाध्य संकटको अवस्थामा हुनेले नहुनेलाई सहयोग गर्न जरुरी रहेको छ । यस्तै कठिन समयमा नै मानवताको आवश्यकता वढी हुन्छ । त्यसैले देश भरी भोकमरी र खाधान्न अभावमा रहेका परिवाररुलाई सक्नेले सहयोग गर्न आवश्यक रहेको भोरको ठम्याई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस