उर्मिला यादव यात्री जेठ २७
सामाजिक क्षेत्रमा क्रियाशील संस्था मर्चवार सामुदायिक बिकास केन्द्र रुपन्देहीले राहत बितरण कार्यलाई आज पनि निरन्तरता दिएको छ । आज एक कार्यक्रमका बिच अति बिपन्न,तथा समस्यामा रहेका ३५ घर परिवारलाई राहत बितरण गरीएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएपछि साझ बिहान छाक टार्ने समस्यामा रहेका गरिब, मजदुर तथा अति बिपन्न घर परिवारलाई संस्थाका युवाहरुले अभियान नै संचालन गरेर राहत बितरण कार्यलाई निरन्तरता दिदै आएका छन । मर्चवार सामुदायिक बिकास केन्द्रका अध्यक्ष ज्ञानेश्वर उपाध्यायको अध्यक्षता तथा कार्यक्रम संयोजक हिना तिवारीको संयोजकत्वमा कोटहीमाई गाउपालिका वडा नम्बर ५ मझगावामा ९ घर परिवारलाई राहत बितरण गरीएको छ भने वडा नंम्बर ६ र ७ कटयामा २६ घर परीवार गरी कुल ३५ घरपरिवारलाई राहत बितरण गरीएको हो । आज बिहीबार सम्म ९४ घर परिवारलाई खाद्यान्न सामग्री बितरण गरीएको छ । खाद्यान्न बितरण कार्यक्रममा बुद्ध जब नेपाल भैरहवाका प्रबन्धक सुवास पान्डेले आज १५ घर परिवारलाई पुग्ने गरि खाद्यान्न सामग्री उपलब्ध गराउनु भएको थियो राहत बितरण कार्यक्रममा पाच किलो चामल, एक पोका नुन, एक पोका सोयाबिन दाल, पिठो, आलू ,प्याज, चाउचाउ लगायत बिभिन्न खाद्यान्न सामग्री बितरण गरिएको अभियानका अभियानकर्मी बिनय यादवले जानकारी दिनु भएको छ । बि.स.२०७१ सालमा स्थापना भएको मर्चवार सामुदायिक बिकास केन्द्रले निषेधाज्ञाको यो विषम परिस्थितिमा कोही पनि भोकै बस्न नपरोस भन्ने उदेश्यका साथ अभियान नै संचालन गरेर खाद्यान्न बितरण गर्दै आएको छ । राहत बितरण कार्यक्रममा अभियानकर्मी बिनय यादव, बालमुकुन्द हरिजन, मुकेश त्रिपाठी,लगायत,स्थानीय समाजसेवीमा रिंकु सैनी, संदिप सैंनी, हृदेश त्रिपाठी , लगायतको सहभागिता रहेको थियो ।