रौशन चौधरी । रौतहट । जेठ २८ गते
बौद्धिमाई नगरपालिका २ इनर्वा नदीपारीमा मेयर यादवद्वारा चार कोठे विधालय भवनको शिलान्यास सम्पन्न भएको छ । रौतहटको बौद्धिमाई नगरपालिकामा युवा मेयर राजीव रंजन यादवले विकासको लहर लयाएको स्थानियहरु तबउँछन् । एक पछि अर्को गरेर नगरपालिका भरि नै विकासका विभिन्न योजनाहरु ल्याएर युवा मेयर यादवले मान र सम्मान कमाउन सफल भएका छन । शुक्रबार नगरपालिकाको वडा नम्बर २ इनर्वा नदीपारीमा अवस्थित श्री रामजानकी प्राथमिक विद्यालयमा चार कोठे विधालय भवनको मेयर यादवले शिलान्यास गर्नु भएको छ । मेयर यादवको अथक प्रयासले ३२ लाखको लगानिमा शिक्षा बिकास समन्वय इकाई गौर रौतहटको आर्थिक सहयोगमा निर्माण हुन लागेको चार कोठे भवनको निर्माणले विद्यालयमा भएको भौतिक संरचनाको समस्या भविष्यमा समाधान हुने स्थानीय अभिभावकहरुले बताएका छन । बौधिमाई नगरपालिकाको सम्पूर्ण वडाहरूमध्ये पिछडि़एका वडा नम्बर २ इनर्वा नदीपारिको विद्यालयको अवस्था अबको आउदो दिनमा सुधार हुने तथा नगर प्रमुख यादवको सराहनीय कार्यप्रति स्थानीयबासी हर्षित भएको एक स्थानीय अभिभावक गोपाल प्रसाद पटेल ले बताए । शिलान्यास कार्यक्रममा बौद्धिमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादव, वडा नम्बर २ इनर्वाका वडाप्रत्यासी नवलकिशोर पटेल, समाजसेवी शंकर प्रसाद मस्ताना, युवा नेता धर्मेन्द्र प्रसाद पटेल, तेजिलाल पटेल,विद्यालयका प्रधानाध्यापक शम्भु प्रसाद पटेल, समाजसेवी बिरेन्द्र पटेल, रामबालक पटेल तथा दर्जनों नेता कार्यकर्ताहरु लगायत स्थानीय सर्व साधारणहरुको उपस्थिती रहेको थियो ।