स्मिथ रजक । गौर । जेठ २७ गते
रौतहट प्रहरीले भन्सार छली गरि ल्याएको सर–सामानहरु भन्सार कार्यालयमा बुझाएको छ । रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत उक्त सामानहरु नियन्त्रणमा लिएको थियो । विभिन्न मिति र समयमा जिप्रका तथा मातहत प्रहरी ईकाईहरुबाट विभिन्न स्थानहरुमा खटिएको प्रहरी गस्ती टोलीले अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी मोटरसाईकल र टाउकोमा बोकी नेपाल तर्फ भित्र्याई ल्याएको अन्दाजी करिब एक लाख तेतीस हजार तीन सय व्यान्बे बराबरको साडीहरु, कष्टमेटिक सर–सामानहरु, चिनी, लगायतका अन्य मालबस्तुहरु, अन्दाजी मूलय पचहत्तर हजार बराबरको बिआर ०५ के ३७१५ र बिआर ०५ एम ६६१३ नम्बरको २ वटा मोटरसाईकल र नेपालबाट भारत तर्फ भन्सार छली लैजान लागेको अन्दाजी मुल्य रु.४,३५०।– मुल्य बराबरको सौफी र कस्तुरी रक्सी समेत गरी जम्मा अन्दाजी मुल्य दुई लाख बाह्र हजार सात व्यालिस बराबरको सर–सामानहरु वेवारीसे अवस्थामा फेला पारेको थियो । उक्त सामानहरु रित पूर्वक वरामद गरी आवश्यक कारवाहीको लागि शुक्रवार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।