दाईजोस्वरुप ग्याँस चुल्हो नदिएको भन्दै एक नवविवाहिता युवती श्रीमानबाटै चरम यातानाकी शिकार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २९, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
दाईजोस्वरुप ग्याँस चुल्हो नदिएको भन्दै एक नवविवाहिता युवती श्रीमानबाटै चरम यातानाकी शिकार


राजिव शाह–सर्लाही ,जेठ २८ गते
सर्लाहीमा दाईजोस्वरुप ससुरालीपक्षले ग्याँस चुल्हो नदिएको भन्दै एक नवविवाहिता युवती श्रीमानबाटै चरम यातानाकी शिकार भएकी छिन । महोत्तरीको सम्सी गाउँपालिका वडा नं. ६ का रामअश्रे साहकी २१ वर्षिया छोरी अमृता कुमारी साहले माईतबाट दाईजोवापत ग्याँसचुल्हो र सिलिण्डर नल्याएको भन्दै ससुरालीपक्षले निर्घात कुटपिट गरिएका छन । विवाह भएको चार दिनमै विवाहमा मगन्ते अनुरुप दाईजो नदिएको भन्दै असन्तुष्ट बनेका घरपरिवारले नवदुल्हीमाथि व्रजपात प्रहार गरेका छन । गत वैशाख १३ गते परम्परा अनुसार सर्लाही हरिपुर्वा नगरपालिका वडा नं. २ का २४ बर्षका जोग नारायण साहसँग विवाह सम्पन्न भएको थियो । वैशाख १७ गतेका दिन ससुरालीमा रहेकी अमृतालाई सासु लगायतले खाना पकाउने जिम्मेवारी दिएका थिए । सासुको आदेशाअनुसार भान्सा घरमा रहेकी अमृताले खाना पकाउने सामग्री माग गरेपछि विवाद शुरु भएको माईतीपक्षले आरोप लगाएका छन । सासुुसँग खाना के पकाउने सोध्दा सासुले आवेशमा आई आफुुुसँग झगडा गर्न थालिन । घरबाट तिम्रो बाबु आमाले जे दिएछ त्यो पकाउ भनि झर्केर जवाफ दिईन् । यहाँ केही छैन, खाना पकाउनका लागि सरसमान, राईसकुकर, ग्याँस सिलिण्डर, टीभी, फ्रिज केही छैन । सवै माईतीबाट ल्याउनका लागि आफुलाई घरपरिवारले दवाव दिन थाल्यो । घरमै रहेका श्रीमान जोग नारायण आमाको कुरा सुनेर आफुलाई लछार पछार गर्दै आफुमाथि जाँई लाग्यो । ’ श्रीमान लगायत अन्य परिवारका सदस्यले गाली र वेईज्जती गर्दै आफुलाई घरबाट निस्किन दवाव दिन थालेको अमृताले बताईन । लागुऔषधको कुलतमा फसेका श्रीमान् जोगनारायणले एक दिन नशाको लतमा आएर वुवाले दाईजोमा दिएको पलङ्गमाथि आफुलाई सुताएर चारै कुनामा हात, खुट्टा बाँधी र मुखमा कपडा कोची मरनासन्न जस्तो कुटपिट गरि चरम यातना दिएको अमृताले सुनाईन । अमृता भन्छिन–‘एक दिन, दुई दिन होईन उनीहरु लगातार पाँच दिनसम्म आफुलाई निर्धात रुपमा पिटिरहयो । कहिले छाती माथि चढेर हुम्चने त कहिले कोखामाथि चढेर हुम्चने, त कहिले बेल्टले पिटने जस्ता यातना दिएको थियो । श्रीमान्ले आफुलाई पिटाई गर्ने क्रममा उनले लगाएको तीन ओटा बेल्ट समेत चुडिँएको छ । यति मात्र होईन घरपरिवारले त आफुलाई कडा निगरानीमा राख्ने गर्दथ्यो । एउटै कोठामा हप्तौ दिन बन्द गरेर राख्दथ्यो । घरपरिवारलाई कतै जानुपरे भन्ने उनीहरुले आफु बसेको कोठामा वाहिरबाट ताल्चा लगाई बन्द गरेर जान्थ्यो उनले सुनाईन् ।’चरमयातानाको कारण पिडित रहेकी अमृताको प्राथमिक उपचारका लागि सम्सीमा भर्ना गरिएको थियो । अवस्था गम्भीर भएपछि थप उपचारका लागि सर्लाहीको जिल्ला अस्पतालमा उपचार गराएका छन । उनलाई अहिले घरमै राखि उपचार भैरहेको छ । पिडित अमृतालाई न्याय दिलाउनका लागि पिडित अमृताका माईतीपक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका हुन । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनाको सम्बन्धमा प्रहरी कार्यालयमा जानकारी भईसकेको जनाएको छ । प्रहरी उपरिक्षक सन्तोष सिंह राठौडका अनुसार घटनामा संलग्न दोषीलाई कारवाही गर्नका लागि पिडितको पक्षबाट उजुरी दर्ता भईसकेको जानकारी दिएका छन । उजुरी दर्ता भएकोले दोषी चाँडै नै प्रहरीको फन्दामा आउने र कानुन अनुसारको कारवाही गरिने प्रहरी उपरिक्षक राठौडले प्रतिवद्धता जनाएका छन । यता प्रहरीचौकी हरिपुर्वाको अनुसार पिडित अमृता ससुरा अनुपलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि जिल्ला पठाईएको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस