उपेन्द्र गोले रौतहट २८ जेठ ।
नेपाल पत्रकार माहसंघ रौतहटले प्रदेश २ सरकारसँगै सभा निर्माणका लागी बजेट माग गरेको छ । शुक्रबार प्रदेश नं. २ का मुख्यमन्त्रि लालबाबु राउतलाई नेपाल पत्रकार महासंघ रौतहट शाखाका लागी सुविधा सम्पन्न सभा हल निर्माण गर्न आर्थिक बर्ष २०७८÷७९ मा बजेट छुट्याउन मुख्यमन्त्रि लालबाबु राउतलाई ध्यानाकर्षण पत्र बुझाइएको पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताउनु भयो । रौतहटमा गोष्ठि , सभा , अधिबेशन जस्ता कार्यक्रमहरु सञ्चालन गर्न हलको अभाव हुने भएकाले प्रदेश २ सरकारले रौतहटमा सो सभा हल निर्माणका लागी आवश्यक रकम बजेट सिलिङ गर्न महासंघले अपिल गरेको झाले बताउनु भयो । पत्र बुझ्दै मुख्यमन्त्री राउतले बजेट विनियोजनमा सकारात्मक रुपमा लिनु भएको जनाइएको छ । हल निर्माणका लागी आवश्यक बजेट बिनियोजनको लागि पहल गर्ने प्रतिबद्धता समेत मुख्यमन्त्रि राउत ब्यक्त गर्नु भएको पत्रकार महासंघ रौतहटले जनाएको छ ।