उपेन्द्र गोले रौतहट २८ जेठ ।
नेपाल पत्रकार महासंघ रौतहटले आफ्ना पत्रकारलाई सामाजिक सञ्जालमा विभिन्न गाली गर्ने ब्यक्तिलाई कारवाही दिनु पर्नै माग गरेको छ । रौतहटको गौर नगरपालिकाको वडा नम्बर ५ घर भएका बिजेन्द्र कुमार गुप्ताले आफ्नो फेसबुक आइटीबाट पुर्व पत्रकार महासंघका पुर्व अध्यक्ष ,तथा बरिष्ट पत्रकार शैलेन्द्र कुमार गुप्तालाई गाली बेइजति गरेका हुन । यस घटनाको सत्यतथ्य छानविन गरि कानुनी दायरामा ल्याउनु पर्ने नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताउनु भयो ।