स्मिथ रजक रौतहट २९ गते
कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरेका कारण समस्यामा परेका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविको धान्दै आएका परिवारलाई युवा समाजसेवी जितेन्द्र कुमार दासले खाद्यान्न वितरण गरेका छन् । युवा समाजसेवी जितेन्द्र कुमार दासले दुर्गा भगवती गाउँपालिका वड नं। २ भलोहियामा रहेका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविका धान्दै आएका घरपरिवारलाई आज शनिबार खाद्यान्न वितरण गरेका हुन् । खाद्यान्न वितरण कार्यक्रममा युवा समाजसेवी दासले भने, ‘दैनिक ज्यालादारी गरी जीविका चलाउनेलाई मर्नु न बाँच्नु भएको छ ।’ आरूको ध्यान अस्पताल बेड र अक्सिजनमा छन् भने मेरो ध्यान अतिविपन्न, गरिब माथी रहेको कुरा उनले बताए । आफ्नो टोलको मानिसहरू भोकभोकै भएपछि राहत वितरणको काम थालिएको युवा समाजसेवी दासले बताए । ‘गरिबप्रति कसैको ध्यान पुगेको छैन । धेरै मानिस भोकभोकै छन्,’ उनले भने, ‘यस्तो अवस्था भएपछि थोरै जनालाइ भएपनि म आफ्नो व्यक्तिगत तर्फबाट खाद्यान्न वितरण गरेका छौं ।’ युवा समाजसेवी दासले प्रति परिवार १५ किलो चावल, १ किलो दाल, २ किलो नुन, आधा लिटर खाने तेल, ३ वटा लायबोयाए साबुन, सोयाविन १ किलो तथा सर्जिकल मास्क वितरण गरेका छन् । लकडाउनको समयमा अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारीहरु भोकै बस्न नपरोस भन्ने हिसाबले सो खाद्यान्न बितरण गरिएको युवा समाजसेवी दासले बताए।