उपेन्द्र गोले रौतहट २९ जेठ ।
रौतहटको चन्द्रपुर नगरपालिकालाई आरडिसि नेपालले शनिबार विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोे छ । कोरोना भाइरसको नया भेरियन्टको उपचार तथा रोकथामका लागि ग्रामीण विकास केन्द्र आरडीसी नेपालले सो सामग्रीहरु वितरण गरेको हो । आरडिसी नेपालको समन्वय इस्लामिक रिलिफ नेपालको सहयोगमा अक्सिजन कन्ट्याक्टर सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको आरडीसी नेपालका कार्यकारी निर्देशक आलोक कुमार सिंहले बताउनु भयो । रौतहटको चन्द्रपुर नगरपालिकालाई भिड डि २५ थान , सर्जिकल ग्लोब्स १५ थान , अक्सिजन कन्ट्याक्टर ८ थान वितरण गरेको आरडिसी नेपालका अध्यक्ष पारस हुसेनले बताउनु भयो । रौतहटका १८ ओटा स्थानिय तहहरुमध्ये चन्द्रपुर नगरपालिकामा सबैभन्दा बढी कोरोना संक्रमितहरु रहेको छ । रौतहटको १८ स्थानिय तहहरुमध्ये कोरोना संक्रमित संख्या बढी रहेको गौर र परोहा नगरपालिकालाई पनि शनिबार नै विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरेको आरडिसी नेपालका अध्यक्ष पारस हुसेनले बताउनु भयो । गौर नगरपालिकालाई २ थान आइसियु म्यासिन सेट , सर्जिकल ग्लोब्स १५ थान , भिड डि २५ ओटा , अक्सिजन कन्ट्याक्टर १० थान र परोहा नगरपालिकालाई भिड डि २२ ओटा , सर्जिकल ग्लोब्स १२ थान , अक्सिजन कन्ट्याक्टर ८ थान हस्तान्तरण गरेको साहले बताउनु भयो ।