मानव शरीरमा रक्तकोषको निर्माण निरन्तर भइरहन्छ । यसको अर्थ यो पनि हो कि कतिपय रक्तकोषहरू पुराना भइरहन्छ । रगतबिना मानिसको जीवनको कल्पना गर्न सकिँदैन । शरीरमा रगतको चापलाई नापिन्छ । रक्तचाप बढी भयो भने उच्च रक्तचाप र कम भयो भने निम्न रक्तचाप भनिन्छ । हाई ब्लडप्रेसर र लो ब्ल्बप्रेसर दुवैलाई चिकित्सकहरुले हानिकारक भनेका छन् र अनेक रोगका कारक पनि मानेका छन् ।
रगत दानलाई जीवन दान भनिएको पाइन्छ । जसले रक्तदान गर्दछन्, उसमा रगतको अभाव हुँनुहँदैन तथा निरन्तर रक्तदान गर्नेले आफूलाई तुलनात्मक स्वस्थ् पनि पाउँछन् । विभिन्न कारणले शरीरमा रगतको कमी हुन पुगेकालाई कसैले समूह मिल्ने रगत दिएमा तिनलाई रक्तदाता भनिन्छ । रगतको अभावमा कतिपय मानिसको स्वास्थ्य जटिल बन्न पुग्दछ । यदि समयमा रगतको व्यवस्था हुन सक्यो भने जीवन बाँच्दछ । यसै अर्थमा रक्तदानलाई कसैको लागि जीवनदान भनिएको हो । जसले अरुको जीवन बचाउने काम गर्दछन्, यस अर्थमा रक्तदाता साँच्चै महान् हुन् ।
आज रक्तदाता दिवस हो । विश्वभरका सम्पूर्ण रक्तदातालाई सम्मान गरिनुपर्छ । रक्तदान जीवनदान भन्ने नारालाई मूर्तरुप दिने सम्पूर्ण रक्तदाताहरुले आजको दिन आफूमाथि गर्व गर्नुपर्छ । कतिपयले त दर्जनौँपटक रक्तदान गरिरहेका छन् । कसैलाई आफ्नो समूहको रगतको आवश्यकता पर्दा आफ्नो शरीरको रगत दिन अलिकति पनि नहिच्किचाई सिधै दिनलाई तयार हुन्छन् । यस्ता खाले रक्तदाता त झन् उच्च सम्मानका पात्र छन् । विश्वभर मनाइने यस दिवसले विश्वका सबै रक्तदातालाई सम्मान गरेको छ । हामी पनि विश्वका सम्पूर्ण रक्तदातालाई सम्मान गर्दै रक्तदानका लागि प्रोत्साहन दिन चाहन्छौँ ।