अमरेस कुमार पाण्डेय बारा÷ मटिआर्वा/ जेठ ३०
सिमा सुरक्षामा खटेका सशस्त्र प्रहरीका एक जना सिपाहिले आतंक मचाएको खवर बाहिर आएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्वर १० मटिअर्वा नाकामा खटेका सिपाही अमोद यादवले अवैध असुली गरी आतंक मचाएको श्रोतले जानकारी गराएको हो । सशस्त्र प्रहरी कार्यलय १२ नम्वर गणको मटिअर्वा नाकामा खटिरहेको यादव आफु डिआईजीको मान्छे भएकोले कसैले केहि गर्न नसक्ने भन्दै धाक धम्की दिई अवैध असुलीमा लागेको श्रोतले जानकारी गराएको छ । रौतहट इशानाथ नगरपालिका वडा नम्वर ५ घर भई हाल बारामा कार्यरत रहेका यादव लकडाउनको मौका छोपी कपडा, छोहरा,मरिच, सुती, ईलेक्ट्रोनिक्स समानहरुको स्कटिङ्ग गरेर तस्करी गराउने गरेको तथ्य बाहिर आएको छ । सो वापत तस्कर समुहले मोटो नजराना समेत बुझाउने गरेको खुल्लासा भएको छ । सशस्त्रका सिपाहि यादवले लकडाउनमा सिमा पुर्ण रुपमा सिल गरेको अवस्थामा रातिको समयमा आफैले किनेको २२० सिसिको विना नम्वर प्लेटको भारतिय पल्सर मोटरसाईकलले स्कटिङ्ग गराएर तस्करी गराउने गरेको पाईएको छ । आफुले तस्करबाट लिएको नजाराना प्रदेश २ को डिएसपिको माध्यमबाट डिआजी सम्म पुग्ने गरेकोले कोहि कसैले केहि गर्न नसक्ने भनेर तस्कर समुहमा खैलाबैला मचाएको नाम नछाप्ने शर्तमा एक जना तस्करले जानकारी गराएका छन् । सशस्त्र प्रहरी उपरिक्षक, डिएसपि, प्रहरी निरिक्षक डिआईजी लगायत सम्मको महिनाको लाखौको महिनावारी बुझाई तस्करी लाईन दिएको तस्कर स्रोतले जनाएको छ । महिनावारी बुझाएकोले भारतिय नाकाबाट नेपाल छिराउने एरिया मै सिपाहि यादवको डयुटि मिलाएको हुन्छ । २०७७ मसिर १३ गते देखि यादव मटिअर्वा नाकामा आतंक मचाएका छन् ।